Skip to main content

अन्तरर्वार्ता (लघुकथा)


अन्तरर्वार्ता
(लघुकथा)

– हरिकृष्ण डंगोल
उसले जीवनमा धेरै फिल्महरु हे¥यो । धेरै किताबहरु पढ्यो । अचेल पनि सकुञ्जेल हेरिरहेको छ । किताब अलि नजिकबाट पढ्नु पर्ने भएकोले अचेल ऊ त्यति उपन्यास, कथाहरु पढ्दैन । किनभने आजभोलि आँखाले त्यति साथ दिंदैन उसलाई । बेडरेस्टमा छ । अझ भन्नु पर्दा उ बिरामी छ, घुमफिर गरिरहन सक्दैन । उसको यो नश्वर शरीर कत्तिखेर धुवाँ भएर उडेर जाने हो निश्चित छैन । तर इन्टरनेट चालु रहेको बेला ओछ्यानमै बसेर भएर पनि कहिलेकाहीं फिल्म हेर्छ । म यसको साक्षी हुँ । छु । सायद सास रहुञ्जेल म पनि उसको साथै रहनेछु, साक्षी रहिरहनेछु ।
ऊ जन्मेदेखि नै म साक्षी भएकोले मलाई उसका यी अन्तिम दिनहरुमा एउटा छोटो, उसंग सम्बन्धित केही कुरालाई लिएर उसंग अन्तरर्वार्ता लिन मन लाग्यो । म उसको नजीक पुगें र सोध्न थालें ।
तपाईले जीवनमा धेरै फिल्म हेर्नु भो’ भन्थे ।
हो हेरें ।
साहित्यिक किताबहरु पनि धेरै पढ्नु भो’ भन्थे ।
हो पढें ।
फिल्म हेरेर तपाईमा के कस्तो असर प¥यो ?
खै के कस्तो असर प¥यो भनुँ ... ?
केही न केही त असर प¥यो होला नि ? फिल्म हेरेर रुनुँ भयो होला । हाँस्नु भयो होला । अवाक टोलाएर बस्नु भयो होला । ... ।
अँ, त्यो सबै ग¥या छु । फिल्म हेरेर हाँस्या कम नै छ । बढी रोएँ हुंला । अवाक टोलाएर बसें हुँला ।
कुन फिल्म हेरेर तपाई बढी हाँस्नु भयो ? रुनु भयो ? अवाक बन्नु भयो ?
अहिले फिल्मको नामको सम्झना त छैन तर प्रायशः जीवनसंग सम्बन्धित फिल्महरु हेरे म बढी रोएको छु, अवाक बनेको छु ।
तर अचेल फिल्म हेरेर तपाई हाँस्न र रुनु हुन्न भन्छन् नि मान्छेहरु !
हो अचेल म हाँस्दिनँ, रुँदिन पनि ।
किन ?
किन कि अब म जर्जर मरुभूमि बनिसकेको छु ।
के गर्नु हुन्छ त अचेल ?
अचेल म केवल अवाक टोलाउँछु । अवाक टोलाएर बस्छु ।
किन नि ?
किन कि अवाक टोलाउने शक्ति अझै ममा छ । जर्जर मरभूमिको कष्टप्रद जीवन बाँच्ने शक्ति अझै ममा छ ।
अन्तरर्वार्ता करिब करिब सकिन लागिसकेको थियो, मैले अन्तिम प्रश्न तेस्र्याएँ ।
तपाईलाई अन्त्यमा केही भन्नु छ ?
म शब्दमा उद्घाटित् नभएको उपन्यास हुँ, नबनाइएको फिल्म हुँ । यसैले म जर्जर बुढोको कालजयी एउटा उपन्यास र एउटा फिल्म बनाइदिए हुन्थ्यो भन्ने लाग्छ । ... !
०००००००
२०७३ साल मंसिर २२ गते, सोमवार
युवामञ्चमा प्रकाशित (२०७३ साल पुसको अंकमा, वर्ष २९ अङ्क ७)

Comments

Popular posts from this blog

...शरणम्

न्ह्याब्लें खनाच्वनाम्ह मनू मखन कि छुँ मगाः मचाः थें जुइगु स्वाभाविक खः । म्हिगः जित अथे हे जूल । भाइदाई म्हिग नाप मला । पासापिंके न्यनाः – ‘भाइदाई थौं मझाः ला ?’ पासापिसं छप्वाः म्हुतु थें धाल – “अं थौं जिं नं मखं । अं जि नं नाप मला । ग्वः च्वये नं मखं, क्वय् नं नाप मला । सायद मझाः जुइ ।” भाइदाई न्ह्याब्लें खनाच्वनाम्ह । वंगु न्यादँनिसें जिं वयात स्वयम्भूइ नापलाच्वनागु दु । वंगु न्यादँ, खुदँनिसें जि नं स्वयम्भू वयाच्वनागु दु । भाइदाई स्वयम्भू निरन्तर वयाच्वंगु झिंखुृदँ मयाये धुंकल । अत्यावश्यक ज्या जुसाःबाहेक भाइदाई स्वयम्भू न्ह्याब्लें थ्यनाच्वंगु दु । वाः, फय् छुं धाइ मखु, व वयातुंच्वंगु दु । भाइदाई नं धाइगु – “भाई,  थन छधू मथ्यंतले मन च्वनीमखु । सुथय् छधू थन वयेखन कि म्ह, नुगः नितां चकं ।” जिं नं महसूस यानागु खः सुथय् छधू स्वयम्भू चाहिले खन कि म्ह हे याउँसे च्वनीगुु । मन चकनीगु । पासापिनि नाप छझाः गफगिफ यानाः लिहां वयेबलय् मन हे लय्ताइगु । उकिं जि नं वयाच्वना । भाइदाई नं वयाच्वन । मेपिं पासापिं नं वयाच्वंगु दु । न्हिन्हि वये वने यायेगु जूगुलिं सकस्यां सकसितं म्हस्यू । ‘भगव...

पुनमाया भाउजु र भाउजुको आठ तल्ले घर (कथा)

पुनमाया भाउजु र भाउजुको आठ तल्ले घर (कथा) – हरिकृष्ण डंगोल । पुनमाया भाउजुको घर पुगेपछि मैले एकपटक उसको घरमा दृष्टि पु¥याएँ । आठ तल्ले यो घर हेर्न करिव करिब मैले टाउको उठाउनु प¥यो, घाँटी तन्काउनु प¥यो । मैले टाउको उठाएर हेरें । घाँटी तन्काएर हेरें । यो घर करिब पचहत्तर फुट अग्लो छ । आकाश माथि उठिरहेको यो घर हेर्दै मैले कलबेल थिचें । कसैले हेरेन । फेरि कलबेल थिचें । धेरै बेरपछि सात तल्लाको झ्यालमा पुनमाया भाउजु देखा परी । मैले ‘ढोका खोल्नु आउनुस्’ भनें । उसले हात हल्लाएर ल्याई । के भनेको हो मैले बुझिन । मैले फेरि हातको इशाराले ‘ढोका खोल्न आउनुस्’ भनें । ऊ भित्र पसी । ढोका खोल्न आउँदैछ भन्ने ठानेर म ढोकामा भाउजुलाई पर्खेर उभिरहें । धेरैबेरसम्म कसैले पनि ढोका खोल्न आएन । सुनेको थिएँ, भाउजुलाई अचेल सञ्चो छैन । खुटृा दुख्छ । त्यति हिंड्डुल गर्न सक्नु हुन्न । यसैले म पुनः ढोकामा आँखा गाडेर ढोका खुल्ने प्रतिक्षामा बसिरहें । तर धेरैबेर सम्म कसैले झ्याल खोल्न नआएपछि मैले फेरि घर माथि हेरें । भाउजु झ्यालमै बसिराखेकी रहिछ । मैले फेरि ढोका खोल्न आउनुस् भन्ने भावले इशारा गरें । उसले पनि झ्यालमै ...