Skip to main content

Posts

Showing posts from 2016

गौरव

‘आई पुग्यौ ?’ ठूलो बाको स्वरले म झसङ्ग हुन्छु । कसैलाई खोजिरहेको मेरो आँखाले सामुन्ने उभिरहेको ठूलो बालाई यादै गरेनछ । सायद यसैले पनि ठूलो बाको अप्रत्याशित स्वरले म झसङ्ग भएको हुन सक्छु । मैले ठूलो बालाई हेरें र ‘अं ...’ मात्र भनें । ठूलो बा केही रिसाएको भावमा बोल्यो – ‘बिहान देखि आऊ भनेको त ... ।’ यति भनेर ठूलो बा आफ्नो बाटो लाग्यो । ठूलो बा परिवारको सबैभन्दा थकाली । अलिअलि पढेको छ । अलिअलि राजनीतिज्ञ । अलिअलि नेता । र अलिअलि कानूनची पनि । यसरी हेर्दा मेरो ठूलो बा हाम्रो परिवारमा अलि जान्नेबुझ्ने मान्छे हो । साथै ठूलो बाले स्थानीय नेतादेखि अडृाअदालतका कर्मचारीहरुसमेत चिन्छन् । सायद यसैले हुन सक्छ, परिवार, आफन्त,  छरछिमेकी तथा टोलका मानिसलाई घर–खेत, अंशबण्डा सम्बन्धी केही झरझमेला वा मुद्दा मामला सम्बन्धी केही प¥यो भने सबैले मेरो ठूलो बालाई सम्झम्छन् । ठूलो बाकोमा आउँछन्  । सरसाहुती माग्छन् । सहयोगको अपील गर्छन् । र ठूलो बाले झरझगडा, मुद्दामामला मिलाइदिन्छ । घर परिवारको मामला प्रायः ठूलो बाले भने झैं हुन्छ । ठूलो बाले चाहे झैं भएन भने ठूला बा रिसाउंछ । ठूलो बालाई रिसाउन दिने हिम्मत

आशामरु

टेबुल घडीकोे घण्टीले चार पाँच पटक आवाज दिएपछि बल्ल आशामरुको जिउमा केही हलचल देखा प¥यो । अधकल्चो निद्रामा नै उसले आफ्ना हात, खुटृाहरु तन्काउँदै सिधा पारे र पाँच, छ मिनेटसम्म उसले आफूलाई शवासनको मुद्रामा राख्यो । केहीबेर प्रतिक्रियाविहीन भएर साक्षी भावमा उसले आफ्नो श्वास प्रश्वासलाई हेरिरह्यो । पाँच, छ मिनेट आनापानी गरिसके पछि ऊ विस्तारै विछ्यौनाबाट उठ्यो । ओछ्यानबाट बाहिर आएपछि उसले एकपटक खाली बिछ्यौनामा हे¥यो र केहीक्षणको हेराइपछि ऊ बिहानको नित्यकर्मतिर लाग्यो । नित्यकर्म सकिएपछि उसले मौसम अनुसार लुगा लगायो र झ्याल, ढोका सबै बन्द गर्दै ऊ तल ओर्लियो । आशामरुले घरकोे संघारमा पाइला टेक्दा बिहानको साँढे पाँच बजेको थियो । यो कुरा ऊ घडी नहेरिकन नै भन्न सक्थ्यो । यो कुरामा उसलाई पुरापुर विश्वास छ । तर पनि एकपटक नाडी घडीमा आँखा नपु¥याई उ बस्न सकेन । उसले नाडी घडीमा आँखा पु¥यायो । घडीमा घण्टाको सुइ पाँचमा र मिनेटको सुइ छबाट अलिकति माथि पुगिसकेको थियो । आ.....! ब्याट्रीले चल्ने घडी न हो ! अलि अलि त फरक भइहाल्छ नि ! आफुलाई सान्त्वना दिन खोज्दै उसले मनमनै भन्यो  । चालीस वर्ष अघिसम्म पनि आशा

पुनमाया भाउजु र भाउजुको आठ तल्ले घर (कथा)

पुनमाया भाउजु र भाउजुको आठ तल्ले घर (कथा) – हरिकृष्ण डंगोल । पुनमाया भाउजुको घर पुगेपछि मैले एकपटक उसको घरमा दृष्टि पु¥याएँ । आठ तल्ले यो घर हेर्न करिव करिब मैले टाउको उठाउनु प¥यो, घाँटी तन्काउनु प¥यो । मैले टाउको उठाएर हेरें । घाँटी तन्काएर हेरें । यो घर करिब पचहत्तर फुट अग्लो छ । आकाश माथि उठिरहेको यो घर हेर्दै मैले कलबेल थिचें । कसैले हेरेन । फेरि कलबेल थिचें । धेरै बेरपछि सात तल्लाको झ्यालमा पुनमाया भाउजु देखा परी । मैले ‘ढोका खोल्नु आउनुस्’ भनें । उसले हात हल्लाएर ल्याई । के भनेको हो मैले बुझिन । मैले फेरि हातको इशाराले ‘ढोका खोल्न आउनुस्’ भनें । ऊ भित्र पसी । ढोका खोल्न आउँदैछ भन्ने ठानेर म ढोकामा भाउजुलाई पर्खेर उभिरहें । धेरैबेरसम्म कसैले पनि ढोका खोल्न आएन । सुनेको थिएँ, भाउजुलाई अचेल सञ्चो छैन । खुटृा दुख्छ । त्यति हिंड्डुल गर्न सक्नु हुन्न । यसैले म पुनः ढोकामा आँखा गाडेर ढोका खुल्ने प्रतिक्षामा बसिरहें । तर धेरैबेर सम्म कसैले झ्याल खोल्न नआएपछि मैले फेरि घर माथि हेरें । भाउजु झ्यालमै बसिराखेकी रहिछ । मैले फेरि ढोका खोल्न आउनुस् भन्ने भावले इशारा गरें । उसले पनि झ्यालमै

अन्तरर्वार्ता (लघुकथा)

अन्तरर्वार्ता (लघुकथा) – हरिकृष्ण डंगोल उसले जीवनमा धेरै फिल्महरु हे¥यो । धेरै किताबहरु पढ्यो । अचेल पनि सकुञ्जेल हेरिरहेको छ । किताब अलि नजिकबाट पढ्नु पर्ने भएकोले अचेल ऊ त्यति उपन्यास, कथाहरु पढ्दैन । किनभने आजभोलि आँखाले त्यति साथ दिंदैन उसलाई । बेडरेस्टमा छ । अझ भन्नु पर्दा उ बिरामी छ, घुमफिर गरिरहन सक्दैन । उसको यो नश्वर शरीर कत्तिखेर धुवाँ भएर उडेर जाने हो निश्चित छैन । तर इन्टरनेट चालु रहेको बेला ओछ्यानमै बसेर भएर पनि कहिलेकाहीं फिल्म हेर्छ । म यसको साक्षी हुँ । छु । सायद सास रहुञ्जेल म पनि उसको साथै रहनेछु, साक्षी रहिरहनेछु । ऊ जन्मेदेखि नै म साक्षी भएकोले मलाई उसका यी अन्तिम दिनहरुमा एउटा छोटो, उसंग सम्बन्धित केही कुरालाई लिएर उसंग अन्तरर्वार्ता लिन मन लाग्यो । म उसको नजीक पुगें र सोध्न थालें । तपाईले जीवनमा धेरै फिल्म हेर्नु भो’ भन्थे । हो हेरें । साहित्यिक किताबहरु पनि धेरै पढ्नु भो’ भन्थे । हो पढें । फिल्म हेरेर तपाईमा के कस्तो असर प¥यो ? खै के कस्तो असर प¥यो भनुँ ... ? केही न केही त असर प¥यो होला नि ? फिल्म हेरेर रुनुँ भयो होला । हाँस्नु भयो होला । अवाक टोलाए