Skip to main content

गौरव


‘आई पुग्यौ ?’
ठूलो बाको स्वरले म झसङ्ग हुन्छु । कसैलाई खोजिरहेको मेरो आँखाले सामुन्ने उभिरहेको ठूलो बालाई यादै गरेनछ । सायद यसैले पनि ठूलो बाको अप्रत्याशित स्वरले म झसङ्ग भएको हुन सक्छु । मैले ठूलो बालाई हेरें र ‘अं ...’ मात्र भनें । ठूलो बा केही रिसाएको भावमा बोल्यो – ‘बिहान देखि आऊ भनेको त ... ।’ यति भनेर ठूलो बा आफ्नो बाटो लाग्यो ।
ठूलो बा परिवारको सबैभन्दा थकाली । अलिअलि पढेको छ । अलिअलि राजनीतिज्ञ । अलिअलि नेता । र अलिअलि कानूनची पनि । यसरी हेर्दा मेरो ठूलो बा हाम्रो परिवारमा अलि जान्नेबुझ्ने मान्छे हो । साथै ठूलो बाले स्थानीय नेतादेखि अडृाअदालतका कर्मचारीहरुसमेत चिन्छन् । सायद यसैले हुन सक्छ, परिवार, आफन्त,  छरछिमेकी तथा टोलका मानिसलाई घर–खेत, अंशबण्डा सम्बन्धी केही झरझमेला वा मुद्दा मामला सम्बन्धी केही प¥यो भने सबैले मेरो ठूलो बालाई सम्झम्छन् । ठूलो बाकोमा आउँछन्  । सरसाहुती माग्छन् । सहयोगको अपील गर्छन् । र ठूलो बाले झरझगडा, मुद्दामामला मिलाइदिन्छ ।
घर परिवारको मामला प्रायः ठूलो बाले भने झैं हुन्छ । ठूलो बाले चाहे झैं भएन भने ठूला बा रिसाउंछ । ठूलो बालाई रिसाउन दिने हिम्मत परिवारको कुनै पनि सदस्यमा हुँदैन । हो, मिलाउने क्रममा कोही खुसी हुन्छ, कोही दुःखी । तर पनि प्रत्यक्ष रुपमा ठूलो बाको अगाडि कसैले आफूलाई दुःखी देखाउँदैन । मेरो ठूलो बाको विरोध गर्दैन । उनीहरुमा संधै एउटा डर हुन्छन् कि कुनै पनि बेला, कुनै पनि दिन ठूलो बाको हातबाट काम लिनु पर्ने हुन सक्छ । यसैले दुःखी भएर जानेहरुले बाहिर ठूलो बाको जतिसुकै कुरा काटेपनि वा ठूलोबालाई चोर, डांका, लुच्चा, ठग जे जस्तै नाम दिएर गाली गरे पनि ठूलो बाको अगाडि कसैले केही भन्दैन । मेरो ठूलो बाको अगाडि चुँसम्म गर्दैन  । मेरो ठूलो बाको व्यक्तित्व नै यस्तो थियो ।
उमेरले ७० काटिसकेपनि ठूलो बा हटृाकटृा नै छ । शरीर गठिलो छ । स्वरमा ओजन छ । अनुहारमा कतै कहीं चिन्ताका धर्साहरु देखिंदैन । यसैले पनि ठूला बाका साथीहरु ठूलो बालाई भन्ने गर्थे – ‘छोरा, भतिजाहरु भन्दा त तपाई नै जवान देखिनु हुन्छ नि ... ।’ आफ्ना साथिहरुबाट यस्तो कुरा सुन्दा ठूलो बा गर्बले फुलेल हुन्थे ।
ठूलो बा गएको मैले धेरैबेर हेरिबसें । ठूलो बा आउनेहरुलाई – ‘आइ पुग्यौ ? भरखर ... ? भन्दै यताउत्ति गरिरहेका छन् ।
‘आइ पुग्यौ रामकृष्ण ?’ मेरो अगाडि फेरि मेरी ठूली आमाको स्वर गुञ्जिन्छ । ‘बिहानदेखि आऊ भनेको त भरखर आको ?’ मेरी ठूली आमाको स्वरमा पनि रिसको भाव छ । मैले केही प्रत्युत्तर दिइनँ ।
म सरकारी कर्मचारी । कर्मचारी अफिस नगई दिनानुदिनको चुल्हो बल्दैन । यो कुरा मलाई थाहा छ । उनीहरुलाई थाहा छ छैन म भन्न सक्दिन । अथाह धनसम्पत्ति भएका मेरो ठूलो बा र ठूला बाका सन्तानलाई अफिस कहिल्यै गर्नु परेको छैन । चार, पाँच वटा त घरै छन् । घर बाहाल बाट आउने पैसाले उनीलाई मनग्य पुग्छ । चार, पाँच रोपनी जग्गा त त्यतिकै छ । बैंक, फाइनान्स र सहकारीको शेयरमा लगानी छ । लखौंका बैंक ब्यालेन्स छ । सायद यसैले पनि हुन्छ, ठूलो बा कहिले सत्यनारायण पुजा गर्छ । कहिले तीर्थयात्रामा हिंड्छन् । तीर्थयात्राबाट फर्केपछि तीर्थयात्राको भोज गर्छ । यस्तै कहिले गूठी भोज, कहिले नास पुजाको भोज, कहिले ... । मेरो ठूलो बा र ठूलो आमा प्रायशः भन्ने गर्छन् – ‘मरेर लानु के छ ? बाचुञ्जेल नै हो, पुण्य कमाउने, इष्टमित्र राख्ने भनेको ।’
यसरी प्रायशः पारिवारिक भोज भइ रहन्छन् । तर प्रत्येक पारिवारिक भोजमा म बिहानदेखि उपस्थिति हुन सक्दिन । बिदा लिइराख्ने मेरो सामथ्र्य छैन । भैपरी आउने बिदा बाहेम म अन्य घर, बिरामी विदा लिन चाहन्न । संचिती गरेको विदाबाट आउने पैसाको मोह मलाई छ । हाजिरी गरेर ताप थोक्ने सामथ्र्य मेरो छैन । एकदिन बिदा लिनु भनेको एकदिन बराबरको तलब कटृी हो । एकदिनको तलब कटौतीले मेरो दुईदिनको चुल्हो नबल्न सक्छ । तर उनीहरुलाई यसको मतलब छैन । पारिवारिक भोजमा बिहान देखि आउनै पर्ने मात्र उनीहरुको अघोषित आदेश हुन्छ ।
आज पनि चीबाहाः भोज (चैत्य स्थापना गरेको भोज) ! यो भोज दशवर्ष अघिबाट निरन्तर रुपमा चल्दै आएका छन् । यो भोजको शुरुवाती कथा पनि भिन्दै छ ।
एकदिनको कुरा हो – मेरो ठूलो बाको बैठक कोठामा पारिवारिक जमघट थियो । ठूलो बाले कुरो निकाले – हाम्रा पुर्खाले बनाएर गएको बौद्ध चैत्य हाम्रो लागि गौरबको कुरा हो । यो गौरबलाई हामीले जोगाइराख्नु पर्छ ।
आफ्नो पुर्खाको धरोहरलाई सम्झी राख्नु कसलाई मन नपर्दो हो र ! सबैले सहमतिमा टाउको हल्लाए । हो ... हो भने । मेरो ठूलो बाले फेरि भन्यो – ‘बैशाख पुर्णिमाको दिन हामी दाजुभाई मिलेर चैत्यको सरसफाई गर्ने र पुर्खाको गौरबलाई सम्झेर त्यस उपलक्ष्यमा हाम्रा सब चेलीबेटीहरुलाई बोलाएर भोज गर्ने ।’ तर यो कुरामा भने सबैको एउटै मुख भएन । अनेक कुराहरु उठे । यद्यपि ठूलो बाको कुरालाई भने कसैले बिरोध गर्न सकेन । अन्तमा चार जना दाजुभाई दामासाही रुपमा पचास पचासहजार राखेर एउटा कोष खडा गर्ने र त्यसैको व्याजबाट भोज गर्ने कुरा भयो । ठूलो बाको बोलिमा लाहमोहर लाग्यो । यही व्याजबाट आएको पैसाबाट परिवारका सबै दाजुभाई, छोरीबेटी, ज्वाँइहरु बसेर भोज खाने एउटा नयाँ परम्परा, रीति अगाडि बढ्यो । एउटा नयाँ भोज खडा भयो । त्यही वर्ष देखि हाम्रो परिवारमा फेरि एउटा नयाँ परम्परा, एउटा नयाँ संस्कृति र एउटा नयाँ भोजको विकास शुरु भयो ।
आज यसैको भोज हुँदैछ । यो वर्ष मेरो ठूलो बाको पालो । भोज मनाउने कुरामा मेरो ठूलो बाको मन एकदम फरासिलो भएकोले यसपालि दाजुभाई, दिदीबहिनी, छोरीबेटी, ज्वाइँ, आफन्त मात्र होइन, ठूलो बाले आफ्ना साथीहरु पनि बोलाएका छन् ।
म ठूलो बाको भतिज । भोज भएपछि सहयोग गर्न बिहानदेखि आउन पर्ने म पारिवारिक सदस्य । तर म एकजना निम्न वर्गको सरकारी कर्मचारी । एकजना निम्न वर्गको मान्छे । महिना महिनामा बहाल उठाउन पाउने घर छैन मेरो । न त करोडौं जाने जमीन नै छ मेरो । न त बैंक व्यालेन्स । यसैले महिनै पिच्छे आउने गुठी, नासपुजाः वा यस्तै अन्य भोज भतेरमा बिदा लिएर रमाइलो गरी बस्ने सामथ्र्य छैन ममा । यसैले भोजभतेर भन्यो कि मेरो टाउको दुखाइ सुरु हुन्छ । अझ बिहान सबेरै उपस्थित भएर ना–ना भांतीका कुराहरु गर्दै भोजको लागि सहयोग गरिबस्नु पर्ने पारिवारिक भोज आयो कि मेरो टाउको झन रिङिगन थाल्छन् । यद्यपि विरोध गरेर भोजमा जाँदै नजाने सामथ्र्य पनि छैन ममा । न त समाजसित जोरी खोजेर बस्ने सामथ्र्य नै छ मेरो । म लाचार बाध्य भएर गइदिन्छु ।
मलाई थाहा छ । मैले देखेको छु – मेरो ठूलो बाको जेठो छोरोको हविगत । मेरो ठूलो बाको छोरो मेरो दाजु ! हाम्रो परिवारमा सबैभन्दा बढी पढेको मान्छे । स्नातकहोल्डर । दाजुले एकदिन यस्तै गुठी भोज भइरहेको बेलामा आफ्नो विचार प्रस्तुत गरेको थियो – ‘यस्ता गुठी भोजहरु गरेर फजुल खर्च गरिरहनु भन्दा बरु छोराछोरीको प्रगति हुने कुरामा पारिवारिक कोष खडा गरेर जान सके हाम्रा सन्ततीहरुको जीवन उज्ज्वल हुनेछ । छोराछोरीलाई उच्च शिक्षा दिने कुरामा सहयोग गर्न सके राम्रो हुनेछ । हुनेले नहुनेलाई, बुझ्नेले नबुझ्नेलाई, जान्नेले नजान्नेलाई सहयोग गर्न सके राम्रो हुनेछ । यसो भएमा नै हाम्रो अस्तित्व पनि जोगिनेछ । हाम्रो पुर्खाको पनि इज्जत रहन्छ ।’ तर यो कुरा अन्यथा हुन गयो त्यहाँ । दाजुको कुरा सुनेर ठूलो बा रिसाए । अहिलेसम्म ठूलो बाको निर्णय, चल्दै आएको परम्परामा कसैले विरोध गर्न नसकेको अवस्थामा आफ्नै छोरोबाट विरोध भएपछि ठूलो बा रिसाउनु स्वाभाविकै थियो । तर ठूलो बा मात्र होइन, काका, काकीहरु पनि रिसाए ।
‘ठूलाबडाको अगाडि उपदेश दिने यो ... । अलिकति के पढयो, जान्ने बुझ्ने भएका होलान् ! हाम्रो सामाजिक परम्परालाई चुनौति दिने यो ... !’
अनेक कुरा निस्किए । त्यसबेलादेखि परिवारले मेरो दाजुलाई अप्रत्यक्ष रुपमा टाढा पार्दै लगे । दाजु परिवारबाट टाढिंदै गए । पारिवारिक जमघटमा उसको उपस्थिति महत्वहीन हुँदै गयो ।
एकदिन ठूलो बाले मेरो दाजुलाई छुटृै राखिदिए । दाजुको चुल्हो भिन्दै भयो ।
घचेट्ने र तान्ने कोही नभएर अफिसमा बढुवा हुन नसकेको मेरो दाजु अन्तरमुखी स्वभावको थियो । परिवारबाटै अलग्गिए पछि झन ऊ एकाकी बन्यो । एकातिर वर्षौंवर्षसम्म एउटै पदमा थचिएर बस्नु परेको विवशता, अर्को परिवारबाटै टाढिंदै गएपछि ऊ झन विरक्तिन थाल्यो । परिवारमा महत्वहीन हुँदै गएको मेरो दाजु पारिवारिक जमघटमा कमै मात्र देखा पर्न थाले । कहिले उसलाई जमघटमा परिवारबाटै बोलाइंदैनथे त कहिले ऊ आफै आउँदैनथ्यो । बल, पद र पैसाको केही शक्ति नभएको मेरो दाजु, पारिवारिक जमघटमा उसको उपस्थिति र अनुपस्थितिको केही मतलब हुन छाड्यो । र ऊ पनि धेरैजसो पारिवारिक भोजमा आउनै छाडे ।
मैले एकपटक कुरैकुरामा भनेको थिएँ – ‘दाई यसरी चुपचाप कत्ति बस्ने ? बरु भागले पाउने अंश लिएर अन्तै बस्न गएपनि हुन्छ नि !’
दाइले कुनैदिन यो कुरा उठायो पनि । तर उसले यो कुरा उठाएको मात्र थियो के थियो, आफ्नो सत्तालाई चुनौती दिन आए झैं मेरो ठूलो बा दाईदेखि खुब रिसायो । भागले पाउने त के कुरा बसिरहेको कोठाहरु र अप्ठेरा जग्गाका केही टुक्राहरु दिएर मेरो दाइलाई पारिवारिक सम्बन्धबाटै हुट्याइदियो ।
केही वर्षपछि दाजु काठमाडौं अफिसबाट सरुवा भएर दुर्गम जिल्लामा गयो । ऊ किन सरुवा भयो ? दुर्गममा ऊ किन गयो ? कसरी ऊ बाँच्ने हो ? यसमा परिवारका कसैले चासो लिएन । मैले सोघेको थिएँ – ‘किन दाई दुर्गममै ?’ प्रत्युत्तरमा दाईले यति मात्र भनेको थियो – ’दुर्गममा गएर जीवनमा केही सुगमता आउँछ कि भनेर भाइ ।’
‘अनि काठमाडौंमा कहिले आउने ?’
‘आउँदै गर्छु ।’
आज चीबाहाः भोज (चैत्य स्थापनाको भोज) । परिवारका सबै सदस्यहरु यहाँ आइपुगेका छन् । मेरो विश्वास ! मेरो दाजु पनि आएको होला । मेरा आँखा दाजुलाई खोज्न यताउता दौडिरहेका छन् । तर मैले उसलाई अझै त्यहाँ भेटाउन सकेको छैन । मेरो आश निराशमा परिणत हुँदै गइरहेका छन् । यद्यपि मेरा आँखा उसैलाई खोज्न तल्लिन छ ।
यताउति दौडिरहेको मेरा आँखाले मेरो काकालाई भेटाए ।
मैले सोघें – ‘काका विजय दाइ आएन ?’
‘खै मलाई त थाहा भएन ।’
मैले अर्को काकालाई सोघें । उसले पनि थाहा छैन भन्यो । परिवारका धेरै सदस्यसंग सोघें । तर कसैले पनि स्पष्टसंग जवाफ दिन सकेन । अर्थात् मेरो दाजुलाई कसैले पनि देखेको छैन । सायद ऊ आएको छैन, मैले विचार गरें । तर फोनमा एकचोटी कुरा हुंदा उसले यसपालिको चीबाहाः भोजमा अवश्य आउंछु भनेको थियो । त्यसैले मेरो अनुमान, ऊ आएको हुनु पर्छ । सायद उसलाई खबरै गरेन कि ?
यताउति खोजिरहेको मेरो आँखाले मेरी फुपुलाई देख्यो । दाजुप्रति मेरो फुपुको माया ठूलो छ । मैले फुपुसित सोघें – ‘विजय दाइ त देखिन्न नि फुपु ।’
‘खै, मैले पनि देखेकी छैन । अफिसको कामबाट टाढा गएको छ भन्ने मात्रै सुनेको थिएँ । सायद आएन कि !’
‘यो वर्ष आउँछु भनेको थियो ।’ मैले भनें ।
‘ न आमा बाबुले नै केही भनेको छैन कि ?’ मेरी फुपुले शंका व्यक्त गरी ।
यसैबेला मेरो ठूलो बा अगाडि उभिन आइपुग्यो ।
‘दिदी त यहाँ पो ! ख्वाउनलाई मिलाउन प¥यो भन्छु त ।’
‘आउनै लागेको, यसलाई भेटेर ... । खै तिम्रो छोरा आएन ?’ फुपुले सोधी ।
‘को ... ?’
‘विजय नि !’
‘ऐ ... । त्यो ... । ऊ त हस्पिटलमा छ भन्थ्यो ।’
‘के ... । तिमीले हेर्न गएनौ ?’
‘कहाँ जान भ्याउँछु ? यहाँ भोजको तन्ता मै अल्मलिरहेको छु ।’
‘कुन हस्पिटलमा छ ऊ ?
‘खै ... थाहा भएन ।’
ठूलो बाको कुरा सुनेर म रन्थनिएँ । यो मेरो उही ठूलो बा हो, जसले धेरैको घर मिलाउने काम गर्दै आएको छ । चाहे अंशवण्डाको कुरा होस्, चाहे पारिवारिक झैंझगडाको कुरा होस् मिलाउँदै आएको छ । यतिखेर मलाई मेरो ठूलो बाले भनी हिंड्ने वाक्य याद आयो – चाहे जे जस्तै होस्, कसैलाई अन्याय परेको म हेर्न सक्दिन । म त न्यायनिसाफ गरिदिने व्यक्ति ।’
आज मेरो दाजु अर्थात् ठूलो बाको ठूलो छोरा विजय हस्पिटलमा छ । कसैको अन्याय हेर्न नसक्ने, सबैलाई न्यायनिसाफ गरिदिने मेरो ठूलो बाको यहाँ भव्य भोज गरिरहेछ । म ठूलो बाको अनुहारमा गहिरिएर हेर्छु । मभित्र प्रश्न सल्बलाउन थाल्छन् – ‘यो भोज पुर्खाको गौरवको खुसियालीमा हो वा सन्ततिको विजोगमा ... ?’

Comments

Popular posts from this blog

व लिहाँ वल

उदय ! अर्थात व जिमि किजा खः । जिमि उदय् लुखाखरुइ दनाच्वंगु खनाः जि छक अजु चायाः । तदँ न्ह्यनिसें तनाः च्वँम्ह किजा आकाझाकां थःगु छेँया लुखाखरुइ खनाः अजु मचाइम्ह सु हे तता दइ ? जि नं अजु चायाः । अजु चाचां जिं थः किजायात पालिनिसें ख्वालय् तक क्वथिक स्वयाः । वयागु तुती स्थिर मजू । वयागु म्हय् गुँ, मधेश, जंगल व सलसं मनूतय्गु हिचःतिया गन्ध दु । वयागु ख्वालय् ताहाकःगु यात्राया त्यानुगु भाव जक मखु वयागु ख्वालय् पाचो गगं चौताराय् थ्यंगुया सन्तुष्टिया भाव न दु । अले वयागु ख्वालय् मत्यवं खनेदुगु अतिशय गम्भिरता नं दु । किजाया ख्वालय् तब्यागु गम्भिरता जक मखु मिखाय् नं समुद्र जिं खनाः । अले किजाया गम्भिर समुद्रय् छक जिं थःत क्वःब्वानाः स्वयेगु कुतः यानाः । उदय ! जिमी किजा ! जिं म्हस्यू कथं जिमि किजा छम्ह विद्रोही स्वभावया ल्याय्म्ह खः । यथास्थिति नाप वइ सम्झौता याये मयः । उकिं व यथास्थितिया विरोधी न खः । अले वं थः मां बौया तप्यंगु जीवन शैलीयात यःगु दृष्टि न मस्वः । वं जित वरोवर धाइगु – तिमिला ! मनूया जीवन गुबलें नं स्थिर जुइमखु । अले सदां स्थिर नक्सां न्ह्याकाच्वनिगु खसाः मनूतय्सं गुबल

...शरणम्

न्ह्याब्लें खनाच्वनाम्ह मनू मखन कि छुँ मगाः मचाः थें जुइगु स्वाभाविक खः । म्हिगः जित अथे हे जूल । भाइदाई म्हिग नाप मला । पासापिंके न्यनाः – ‘भाइदाई थौं मझाः ला ?’ पासापिसं छप्वाः म्हुतु थें धाल – “अं थौं जिं नं मखं । अं जि नं नाप मला । ग्वः च्वये नं मखं, क्वय् नं नाप मला । सायद मझाः जुइ ।” भाइदाई न्ह्याब्लें खनाच्वनाम्ह । वंगु न्यादँनिसें जिं वयात स्वयम्भूइ नापलाच्वनागु दु । वंगु न्यादँ, खुदँनिसें जि नं स्वयम्भू वयाच्वनागु दु । भाइदाई स्वयम्भू निरन्तर वयाच्वंगु झिंखुृदँ मयाये धुंकल । अत्यावश्यक ज्या जुसाःबाहेक भाइदाई स्वयम्भू न्ह्याब्लें थ्यनाच्वंगु दु । वाः, फय् छुं धाइ मखु, व वयातुंच्वंगु दु । भाइदाई नं धाइगु – “भाई,  थन छधू मथ्यंतले मन च्वनीमखु । सुथय् छधू थन वयेखन कि म्ह, नुगः नितां चकं ।” जिं नं महसूस यानागु खः सुथय् छधू स्वयम्भू चाहिले खन कि म्ह हे याउँसे च्वनीगुु । मन चकनीगु । पासापिनि नाप छझाः गफगिफ यानाः लिहां वयेबलय् मन हे लय्ताइगु । उकिं जि नं वयाच्वना । भाइदाई नं वयाच्वन । मेपिं पासापिं नं वयाच्वंगु दु । न्हिन्हि वये वने यायेगु जूगुलिं सकस्यां सकसितं म्हस्यू । ‘भगवान’