Skip to main content

आशामरु


टेबुल घडीकोे घण्टीले चार पाँच पटक आवाज दिएपछि बल्ल आशामरुको जिउमा केही हलचल देखा प¥यो । अधकल्चो निद्रामा नै उसले आफ्ना हात, खुटृाहरु तन्काउँदै सिधा पारे र पाँच, छ मिनेटसम्म उसले आफूलाई शवासनको मुद्रामा राख्यो । केहीबेर प्रतिक्रियाविहीन भएर साक्षी भावमा उसले आफ्नो श्वास प्रश्वासलाई हेरिरह्यो । पाँच, छ मिनेट आनापानी गरिसके पछि ऊ विस्तारै विछ्यौनाबाट उठ्यो । ओछ्यानबाट बाहिर आएपछि उसले एकपटक खाली बिछ्यौनामा हे¥यो र केहीक्षणको हेराइपछि ऊ बिहानको नित्यकर्मतिर लाग्यो । नित्यकर्म सकिएपछि उसले मौसम अनुसार लुगा लगायो र झ्याल, ढोका सबै बन्द गर्दै ऊ तल ओर्लियो ।
आशामरुले घरकोे संघारमा पाइला टेक्दा बिहानको साँढे पाँच बजेको थियो । यो कुरा ऊ घडी नहेरिकन नै भन्न सक्थ्यो । यो कुरामा उसलाई पुरापुर विश्वास छ । तर पनि एकपटक नाडी घडीमा आँखा नपु¥याई उ बस्न सकेन । उसले नाडी घडीमा आँखा पु¥यायो । घडीमा घण्टाको सुइ पाँचमा र मिनेटको सुइ छबाट अलिकति माथि पुगिसकेको थियो । आ.....! ब्याट्रीले चल्ने घडी न हो ! अलि अलि त फरक भइहाल्छ नि ! आफुलाई सान्त्वना दिन खोज्दै उसले मनमनै भन्यो  ।
चालीस वर्ष अघिसम्म पनि आशामरुलाई घडीको आवश्यकता थिएन । भालेवासेपछि नै उसलाई विछ्यौनाबाट उठ्नु पर्ने वोध भइसकेको हुन्थ्यो । तापनि कहिलेकाहीं उ कसैको तात्तातो स्पर्शमा आफुलाई भुल्दै बिछ्यौनामा अल्मलिरहन्थ्यो । तर केहीबेरपछि नै जब घण्टाघरले पनि टाङ्ग...टिङ्ग...टुङ्ग..टाङ्ग...र टाङ्ग....टाङ्ग..को आवाज दिन थाल्थ्यो तब झस्किंदै उ हड्बडाएर ओछ्यानबाट बाहिर आउँथ्यो । ओछ्यानबाट बाहिर आएपछि उसले एकपटक मस्त निदाइरहेकी आफ्नी श्रीमतिलाई हेथ्र्यो । र त्यसपछि उ आफ्नो नित्यकर्म तर्फ लाग्थ्यो ।
चालीस वर्ष अघिदेखि आशामरुमा यो बानि थियो । अझै पनि यो कायमै छ । यत्ति हो, अलमलिने बहानाको लागि अब बिछ्यौनामा तात्तातो स्पर्श बांकी थिएन । राम नाम सत्य हो भन्दै उसकी श्रीमती राममायाले उसलाई दशवर्ष अघि नै छोडेर गइसकेकी थिई । तर जे जस्तै भएपनि अहिलेसम्म पनि उ विउँझे पछिको केही समय विछ्यौनामा नै बिताउने गथ्र्यो । शवासन, आनापानी जे भने पनि बिछ्यौनामा पल्टिरहने बहाना अझै उसमा बाँकी थियो ।
आश्विन महिनाको उतरार्धको समय हो यो । बाहिर झिसमिसे उज्यालो थियो । बीस, पचीस पाइलाको फरकमा विद्युतका पोलहरुमा सडक बत्ती बलिरहेका थिए । सडक प्रष्टै देखिन्थ्यो । अब केही बेरमा नै सूर्य पनि उदाउनेछ – उसले बिचार ग¥यो । र उसले आफ्नो घर अगाडिको पोलमा बलिरहेको एक हजार वाटको बिजुलीको स्वीच अफ गरिदियो ।
स्वीच आशामरु कै घरमा राखिएकोले स्वीच अफ गर्न उसलाई धेरै सजिलो थियो । हुनत यो स्वीच पनि आशामरु आफैले भनेर राख्न लगाएको थियो ।
उसलाई अझै सम्झना छः, त्यो दुई हजार चवन्न सालतिरको कुरो थियो । त्यतिखेर तिहारको रमझम आउनै लागेको थियो । र टोलका युवाहरु यसपालिको तिहारमा झिलिमिलि बत्ति बालेर रमाइलो गर्नु पर्छ भन्दै हौंसिएका थिए । युवाहरुको होस्टेमा उसले पनि हैंस्टे गरेका थिए । र यसै क्रममा उसले त्यो पोलको बत्तिको एउटा स्वीच आफ्नो घरमा पनि राख्न लगाएको थियो । त्यतिखेरको उसको चाहना भनेको बेलुकि समयमै बत्ति बाल्न पाइयोस् भन्ने मात्र थियो । किनभने कहिलेकाहीं अँध्यारो भइसक्दा पनि सडकका बत्तिहरु बलेका हुँदैनथे । घर, घरबाट आउने मद्धिम प्रकाशले टोलको सडकमा पर्याप्त उज्यालो फैलिंदैनथे । र भित्र पट्टिको यो खाल्डाखुल्डी सडकमा कहिले को, कहिले को जोल्टिएर लड्न पुग्थे ।
स्वीच राखे पछि आशामरु आफैले बत्ति बाल्ने गर्दथ्यो । घर अगाडिको पोलको बत्ति बलेपछि अरुतिरका बत्तिहरु पनि बल्दै जान्थे । र सडक बत्तिले टोल उज्यालो हुन पुग्थ्यो । यसपछाडि यहाँ एकाधपटक जँड्याहा, रोगी बाहेक अरु कसैले अँध्यारोमा जोल्टेर लड्नु परेको थिएन ।
चोकमा पुगेपछि आशामरुले एकचोटि नवनिर्मित कलात्मक पाटीमा हे¥यो । दायाँ बायाँ सटरसहितको त्यो एकतल्ले भवनको वीचमा नृत्यनाथको मन्दिर थियो । जो अब पाटी कम व्यापारिक भवन बढी देखिन्थ्यो । बायाँ साइडतिरको पसल कवलमा उहिले बेलुकितिर भजन गर्ने गथ्र्यो भने दायां साइडकोमा नेपाल मैत्री अध्ययन मण्डल नामक पुस्तकालय थियो । बीचमा नृत्यनाथको मन्दिर जस्ताको तस्तै थियो । स्थानीय नेवार समुदायका व्यतिmहरुको लागि त्यो नृत्यनाथ मन्दिर निक्कै महत्वको थियो ।  चाडवाड र बाजा सिकाउँदा त्यो नृत्यनाथ मन्दिरमा उनीहरुले पुजा अर्चना गर्थेे । त्यहाँका स्थानीय वासिन्दाको संस्कृतिप्रति अगाध आस्था भएकोले त्यो मन्दिर पहिले भन्दा पनि अहिले बढी सजिएको थियो ।  त्यसकै अगाडि खुल्ला ठाउँमा एउटा दूध पसल पनि थियो । दूध पसल नजिक पुगेपछि आशामरुले सदाझैं आजपनि दूध माग्यो – डि.डि.सी. दुई पोका दिनुस् ।
– डि.डि.सी. सक्यो, अरु भए लानुस् ।
डि.डि.सि.को दुध बाहेक अरु दुध उसलाई मन पर्दैनथ्यो । फेरि अरु कम्पनिको दुध लिन उसलाई यहाँसम्म आइरहनु पनि आवश्यक थिएन । उसलाई एक्कासी झोंक चल्यो र भन्यो ।
– जत्तिखेर आए नि सक्यो भन्ने पनि हुन्छ ?
– मैले खाएकी होइन, रिसाएर पाइने होइन । साउनी पनि कमकी थिइन र च्याठिंदै बोली ।
बिहान देखि कसैसंग रिसाएर दिनभरी भारी मन लिएर बस्ने आशामरुको इच्छा थिएन । यसैले केही नबोली उ फर्किनै लागेको थियो ? साउनीले फेरि आशामरुलाई जिस्काउन खोजे झैं भनी – डि.डि.सी. नै चाहिने भए उ...त्यो पसल, उ...त्यो पसलमा छ ?
अब भने आशामरुको दिमागले काम गर्न छोड्यो र रन्थनिंदै बोल्न पुग्यो – तैंले देखाउनु पर्छ यहाँ यहाँ छ भनेर... ।  यहाँ जत्ति पनि कोल्ड स्टोर, किराना, चिया पसल छन् ती सबैमा दुध पाइन्छन् । जुन तैंले नै दिएका हुन् ।
किराना पसलमा लिनु भनेको एक रुपियाँ बढी तिर्नु थियो । जुन आशामरुलाई कदापि सह्य थिएन ।
– हो... हो... रिसाएर पाइंदैन, चिढिएर पाइँंदैन । दुध डिपोकी साउनीले लयात्मक पाराले जिस्काइरहेको आशामरुलाई पटक्कै मन परेको थिएन । आशामरु दुध साहुनी भन्दा जेठो थियो । अझ दुध साहुनी आशामरु भन्दा निक्कै कम उमेरकी थिई ।
तरुनी साहुनीको जिस्काइले आशामरुको मन रोयो । के कस्ता दिनहरु देख्न परिरहेका ? आशामरुले मनमनै कुरा खेलायो । जिन्दगीमा यस्ता दिनहरु पनि देख्नु पर्ला भनेर साठी वर्षे आशामरुले कहिले सोचेका थिएनन् । सोच्नु पर्ने जरुरत पनि उसलाई थिएन । उहिले बोटलको दुध घरघरसम्म पु¥याइदिन्थ्यो । वृद्धवृद्धालाई आदर र श्रद्धा गर्थे । तर अहिले मानिसमा श्रद्धा, माया, आदर भन्ने कुरा केही बांकी थिएन । आफै खाउँ, आफै लाउँ र आफै मोजमस्ती सयल गरुँ भन्ने चाहनामा मानिस अब हिंसक पशुमा रुपान्तरित हुँदै गएको दृष्य आशामरुले पटक पटक देखिसकेका थिए । भोगिसकेका थिएन । र यसरी ढल्दो उमेरसंगै देखिंदै गएका र देख्न परेका यी र यस्ता घटनाहरुले बूढो आशामरुलाई आफ्ना जिन्दगी देखि कहिलेकाहीं बिरक्त लाग्ने गथ्र्यो । यस्तोबेला आशामरु टाउको माथिको खुला क्षितिजलाई हेर्दै मनमनै कुरा खेलाउँथ्यो – म पनि राममाया कहाँ जान पाए हुन्थ्यो नि !
तर न त राममायाले आशामरुलाई लिन आउन सक्थी । न त आशामरु नै चाँडै बित्ला भन्ने कल्पना गर्न सकिन्थ्यो । उमेरले खाए पनि शरीरले अझैसम्म आशामरु तगडै थियो । सवेरै सवेरैको पदयात्रा तथा कामप्रतिको उसको निष्ठाले आशामरुलाई अझै कुनै रोगव्याधीले समाएको थिएन ।
आशामरु बिहान सखारै स्वयम्भू जान्थ्यो । त्यहाँबाट फर्केर नातीलाई स्कूलको बस स्टपसम्म पु¥याउंथ्यो । घरको सरसफाइ गर्थे । छोरा, बुहारी दुबै अफिस जाने भएकाले तिनीहरुलाई सक्दो घरधन्दाको काममा सघाउंथे । घरको साना–तिना काम सकेपछि उ आफ्ना पुराना मित्रहरुलाई भेट्न घर घर जान्थ्यो । र फेरि साँझको चार बजेतिर नातीलाई बस स्टपमा लिन जान्थ्यो । र नातीलाई चिया, पाउरोटी, बिस्कुट आदि आफै बनाएर ख्वाउँथे ।
– ऐ ! आशामरु दाई ! किन बाटोमा टोलाएर बसिरा’को ? स्वयम्भु जाने होइन ? जाउँ... ।
कसैको स्वर र स्पर्शले आशामरु कुनै दुस्वप्नबाट बिउँझे झैं झल्यास्स भयो । र अगाडिको मानिसलाई हे¥यो । उ कोही नभएर आशामरुकै स्वयम्भूसम्मको प्रभातकालिन यात्राका सहयात्री चिनीकाजी थियो ।
– हो... हो... जाउँ...। भन्दै उ चिनीकाजीसंग गफ गर्दै हिंड्न थाल्यो ।
क्षेत्रपाटी चोकमा पुगेपछि चिनीकाजीले फेरि उसलाई ठहिंटीमा किन टोलाउँदै बसिरहेको भन्ने प्रश्न ग¥यो । प्रश्न के सुनेको थियो ? आशामरु रुखबाट खसे झैं झल्यास्स भयो ।
ऐ । म त दूध लिन आएको मान्छे ! तिमीसंगै पो आउन थालेछु – भन्दै आतिंदै आशामरु फेरि फर्कन खोज्यो ।
ल...ल.. किन यसरी आंतिएको ? किन फर्किन लाग्या’ ?
दुध लिएर घरसम्म नि पु¥याएर आउँछु । नत्र तिनिहरुले उठ्नासाथ चिया पिउन पाउने छैन ।
भयो नि, आज एकदिन तिनिहरु आफैले दूध ल्याएर खान्छन् नि त ।
होइन, फेरि तिनीहरु रिसाउने पो हुन कि ?
हँ...। के भनेको ? दुध एकचोटी लिन जानु पर्दा पनि तिनिहरु रिसाउछन् र ?
आशामरुले जवाफमा केही भनेन । चिनीकाजीसंग लुरुलुरु हिंड्न थाल्यो । र पनि भित्र कता कता एउटा अदृष्य डरले आशामरुलाई झस्काइरहेको थियो ।
स्वयम्भूबाट तिनीहरु फर्कंदा बिहानको सात बजिसकेको थियो । फर्कंदा जहिले पनि तिनिहरुको पाँच जनाको समूह हुन्थे । चार, पाँच वर्षले मात्र फरक तिनिहरु मध्ये दुईजना रिटायर्ड कर्मचारी थिए भने तीनजना ब्यापारी थिए । यद्यपि तिनिहरु एक आपसमा औधी मिल्थे । इन्द्रचोकसम्म तिनीहरु साथै हुन्थे । किलागल वा केलटोलतिर तरकारी किनेपछि मात्र तिनीहरु एक अर्कासंग छुटिने गर्थे ।
इन्द्रचोकबाट छुटेर आएपछि आशामरुले आफूलाई कता कता एक्लो महसूस गर्न थाल्यो । किन ? उसले आफैसंग प्रश्न ग¥यो । तर यसको उत्तर उसंग थिएन । यस्तो नितान्त एक्लो महसूस उसले कहिले गरेको थिएन । ऊ भित्रभित्रै त्रसित पनि थियो ।
बाँगेमुढामा पुगेपछि उसले संधै झैं पत्रिका लिने ठाउँबाटे केही दैनिक र साप्ताहिक पत्रिका लिए । र एउटा हातले तरकारीको झोला र अर्को हातले पत्रिका बोक्दै ऊसले घरतिर पाइला बढायो ।
घरमा पुगेपछि बजारबाट ल्याएको सामान डाइनिङ्ग टेबुलमा बिसाउँदै आशामरुले थकित मुद्रामा एकचोटी हाइ काढ्यो । घरमा कसैको चालचुल थिएन । अहिलेसम्म कोही उठेको छैन कि क्या हो ? वा सबैजना बाहिर निस्किसके ? मनमा आएको पछिल्लो विचारले आशामरुलाई फेरि एकपटक नराम्ररी झस्कायो ।
उमेश ! ऐ उमेश !! आशामरुले छोरोलाई आवाज दियो ।
हजुर बुबा ! किन ? माथिबाट आवाज आएपछि आशामरु ढुक्क भयो ।
त्यत्तिकै....। अँ मीना खै नि ?
मिना पनि यहीं छे ।
बबुल खै नि ?
बबुल पनि यहीं छ । किन बुबा ?
केही होइन, त्यत्तिकै ? तिमीहरुले चिया खायौ ?
कहाँको खानु ? आज बुबाले दूधै ल्याउनु भएनछ ।
ऐ...विर्सेको थिएँ । तिमीहरुले ल्याएनौ ?
अहँ ..... ।
आशामरुलाई भित्र कतै दुखेझैं लाग्यो । उसलाई चियाको निकै तलतल लागेको थियो । घरमा पुग्नासाथ एककप तात्तातो चिया खाने उसको सुर थियो । कालो चिया उसलाई मन पर्दैनथ्यो । दुध लिने जाँगर उसमा थिएन । स्वर सुनेर पनि छोरा, बुहारी कोही तल नआएपछि आशामरुलाई भान्छामा पनि बसिरहन मन लागेन । उ भान्छासंगैको आफ्नो कोठामा गयो । बिछ्यौनामा पल्टँदै आँखा चिम्म पारे ।
बुबा ! जान्छु है ! उमेशको स्वरले आशामरु झस्क्यो ।
किन कहाँ जान लागेको ?
कतै होइन । साथीकोमा जान लागेको ।
अनि खाना कतिबेला खान्छौ त ?
हामी उतै खान्छौं ।
किन सबै जान लागेको ?
हो ।
बबुललाई स्कूलमा पु¥याउनु पर्दैन ।
हामी उतैबाट पु¥याउँछौं ।
अनि........।
त्यसपछि आशामरुले केही भनेन ।
बबुल आएर – बाइ ग्राण्ड पा ! भन्दै गयो ।
मिना आई – जान्छु बुबा ! भन्दै गई ।
उनीहरु गएको आशामरुले हेरिरह्यो । उनीहरु ओझेल नभएसम्म उसले हेरिरह्यो । आशामरुले तिनीहरुलाई न त नजाउ भन्न सक्यो । न त रोक्न नै सक्यो । छोरा, बुहारी र नाती गएको हेरिरहेका आशामरुका आँखा ढलपल भए । र उसले रोक्न खोज्दा खोज्दै पनि आशामरुका आँखाबाट आँसु बग्न थाले । जीवनमा सायद उ कहिल्यै रोएको थिएन । तर आज उ रोयो । आशामरु रोयो । बग्दै गरेको आँसुलाई थाम्न नसकेर ऊ फेरि बिछ्यौनामा पल्टँदै सुँकसुँकाउन थाल्यो । र सुँकसुँकाउँदै आशामरुले आफ्ना हातहरु यताउता पसार्दै रित्ता बिछ्यौनामा राममायालाई खोजिरह्यो ! खोजिरह्यो !

























Comments

Popular posts from this blog

व लिहाँ वल

उदय ! अर्थात व जिमि किजा खः । जिमि उदय् लुखाखरुइ दनाच्वंगु खनाः जि छक अजु चायाः । तदँ न्ह्यनिसें तनाः च्वँम्ह किजा आकाझाकां थःगु छेँया लुखाखरुइ खनाः अजु मचाइम्ह सु हे तता दइ ? जि नं अजु चायाः । अजु चाचां जिं थः किजायात पालिनिसें ख्वालय् तक क्वथिक स्वयाः । वयागु तुती स्थिर मजू । वयागु म्हय् गुँ, मधेश, जंगल व सलसं मनूतय्गु हिचःतिया गन्ध दु । वयागु ख्वालय् ताहाकःगु यात्राया त्यानुगु भाव जक मखु वयागु ख्वालय् पाचो गगं चौताराय् थ्यंगुया सन्तुष्टिया भाव न दु । अले वयागु ख्वालय् मत्यवं खनेदुगु अतिशय गम्भिरता नं दु । किजाया ख्वालय् तब्यागु गम्भिरता जक मखु मिखाय् नं समुद्र जिं खनाः । अले किजाया गम्भिर समुद्रय् छक जिं थःत क्वःब्वानाः स्वयेगु कुतः यानाः । उदय ! जिमी किजा ! जिं म्हस्यू कथं जिमि किजा छम्ह विद्रोही स्वभावया ल्याय्म्ह खः । यथास्थिति नाप वइ सम्झौता याये मयः । उकिं व यथास्थितिया विरोधी न खः । अले वं थः मां बौया तप्यंगु जीवन शैलीयात यःगु दृष्टि न मस्वः । वं जित वरोवर धाइगु – तिमिला ! मनूया जीवन गुबलें नं स्थिर जुइमखु । अले सदां स्थिर नक्सां न्ह्याकाच्वनिगु खसाः मनूतय्सं गुबल

गौरव

‘आई पुग्यौ ?’ ठूलो बाको स्वरले म झसङ्ग हुन्छु । कसैलाई खोजिरहेको मेरो आँखाले सामुन्ने उभिरहेको ठूलो बालाई यादै गरेनछ । सायद यसैले पनि ठूलो बाको अप्रत्याशित स्वरले म झसङ्ग भएको हुन सक्छु । मैले ठूलो बालाई हेरें र ‘अं ...’ मात्र भनें । ठूलो बा केही रिसाएको भावमा बोल्यो – ‘बिहान देखि आऊ भनेको त ... ।’ यति भनेर ठूलो बा आफ्नो बाटो लाग्यो । ठूलो बा परिवारको सबैभन्दा थकाली । अलिअलि पढेको छ । अलिअलि राजनीतिज्ञ । अलिअलि नेता । र अलिअलि कानूनची पनि । यसरी हेर्दा मेरो ठूलो बा हाम्रो परिवारमा अलि जान्नेबुझ्ने मान्छे हो । साथै ठूलो बाले स्थानीय नेतादेखि अडृाअदालतका कर्मचारीहरुसमेत चिन्छन् । सायद यसैले हुन सक्छ, परिवार, आफन्त,  छरछिमेकी तथा टोलका मानिसलाई घर–खेत, अंशबण्डा सम्बन्धी केही झरझमेला वा मुद्दा मामला सम्बन्धी केही प¥यो भने सबैले मेरो ठूलो बालाई सम्झम्छन् । ठूलो बाकोमा आउँछन्  । सरसाहुती माग्छन् । सहयोगको अपील गर्छन् । र ठूलो बाले झरझगडा, मुद्दामामला मिलाइदिन्छ । घर परिवारको मामला प्रायः ठूलो बाले भने झैं हुन्छ । ठूलो बाले चाहे झैं भएन भने ठूला बा रिसाउंछ । ठूलो बालाई रिसाउन दिने हिम्मत

...शरणम्

न्ह्याब्लें खनाच्वनाम्ह मनू मखन कि छुँ मगाः मचाः थें जुइगु स्वाभाविक खः । म्हिगः जित अथे हे जूल । भाइदाई म्हिग नाप मला । पासापिंके न्यनाः – ‘भाइदाई थौं मझाः ला ?’ पासापिसं छप्वाः म्हुतु थें धाल – “अं थौं जिं नं मखं । अं जि नं नाप मला । ग्वः च्वये नं मखं, क्वय् नं नाप मला । सायद मझाः जुइ ।” भाइदाई न्ह्याब्लें खनाच्वनाम्ह । वंगु न्यादँनिसें जिं वयात स्वयम्भूइ नापलाच्वनागु दु । वंगु न्यादँ, खुदँनिसें जि नं स्वयम्भू वयाच्वनागु दु । भाइदाई स्वयम्भू निरन्तर वयाच्वंगु झिंखुृदँ मयाये धुंकल । अत्यावश्यक ज्या जुसाःबाहेक भाइदाई स्वयम्भू न्ह्याब्लें थ्यनाच्वंगु दु । वाः, फय् छुं धाइ मखु, व वयातुंच्वंगु दु । भाइदाई नं धाइगु – “भाई,  थन छधू मथ्यंतले मन च्वनीमखु । सुथय् छधू थन वयेखन कि म्ह, नुगः नितां चकं ।” जिं नं महसूस यानागु खः सुथय् छधू स्वयम्भू चाहिले खन कि म्ह हे याउँसे च्वनीगुु । मन चकनीगु । पासापिनि नाप छझाः गफगिफ यानाः लिहां वयेबलय् मन हे लय्ताइगु । उकिं जि नं वयाच्वना । भाइदाई नं वयाच्वन । मेपिं पासापिं नं वयाच्वंगु दु । न्हिन्हि वये वने यायेगु जूगुलिं सकस्यां सकसितं म्हस्यू । ‘भगवान’