Skip to main content

अन्तरर्वार्ता (लघुकथा)


अन्तरर्वार्ता
(लघुकथा)

– हरिकृष्ण डंगोल
उसले जीवनमा धेरै फिल्महरु हे¥यो । धेरै किताबहरु पढ्यो । अचेल पनि सकुञ्जेल हेरिरहेको छ । किताब अलि नजिकबाट पढ्नु पर्ने भएकोले अचेल ऊ त्यति उपन्यास, कथाहरु पढ्दैन । किनभने आजभोलि आँखाले त्यति साथ दिंदैन उसलाई । बेडरेस्टमा छ । अझ भन्नु पर्दा उ बिरामी छ, घुमफिर गरिरहन सक्दैन । उसको यो नश्वर शरीर कत्तिखेर धुवाँ भएर उडेर जाने हो निश्चित छैन । तर इन्टरनेट चालु रहेको बेला ओछ्यानमै बसेर भएर पनि कहिलेकाहीं फिल्म हेर्छ । म यसको साक्षी हुँ । छु । सायद सास रहुञ्जेल म पनि उसको साथै रहनेछु, साक्षी रहिरहनेछु ।
ऊ जन्मेदेखि नै म साक्षी भएकोले मलाई उसका यी अन्तिम दिनहरुमा एउटा छोटो, उसंग सम्बन्धित केही कुरालाई लिएर उसंग अन्तरर्वार्ता लिन मन लाग्यो । म उसको नजीक पुगें र सोध्न थालें ।
तपाईले जीवनमा धेरै फिल्म हेर्नु भो’ भन्थे ।
हो हेरें ।
साहित्यिक किताबहरु पनि धेरै पढ्नु भो’ भन्थे ।
हो पढें ।
फिल्म हेरेर तपाईमा के कस्तो असर प¥यो ?
खै के कस्तो असर प¥यो भनुँ ... ?
केही न केही त असर प¥यो होला नि ? फिल्म हेरेर रुनुँ भयो होला । हाँस्नु भयो होला । अवाक टोलाएर बस्नु भयो होला । ... ।
अँ, त्यो सबै ग¥या छु । फिल्म हेरेर हाँस्या कम नै छ । बढी रोएँ हुंला । अवाक टोलाएर बसें हुँला ।
कुन फिल्म हेरेर तपाई बढी हाँस्नु भयो ? रुनु भयो ? अवाक बन्नु भयो ?
अहिले फिल्मको नामको सम्झना त छैन तर प्रायशः जीवनसंग सम्बन्धित फिल्महरु हेरे म बढी रोएको छु, अवाक बनेको छु ।
तर अचेल फिल्म हेरेर तपाई हाँस्न र रुनु हुन्न भन्छन् नि मान्छेहरु !
हो अचेल म हाँस्दिनँ, रुँदिन पनि ।
किन ?
किन कि अब म जर्जर मरुभूमि बनिसकेको छु ।
के गर्नु हुन्छ त अचेल ?
अचेल म केवल अवाक टोलाउँछु । अवाक टोलाएर बस्छु ।
किन नि ?
किन कि अवाक टोलाउने शक्ति अझै ममा छ । जर्जर मरभूमिको कष्टप्रद जीवन बाँच्ने शक्ति अझै ममा छ ।
अन्तरर्वार्ता करिब करिब सकिन लागिसकेको थियो, मैले अन्तिम प्रश्न तेस्र्याएँ ।
तपाईलाई अन्त्यमा केही भन्नु छ ?
म शब्दमा उद्घाटित् नभएको उपन्यास हुँ, नबनाइएको फिल्म हुँ । यसैले म जर्जर बुढोको कालजयी एउटा उपन्यास र एउटा फिल्म बनाइदिए हुन्थ्यो भन्ने लाग्छ । ... !
०००००००
२०७३ साल मंसिर २२ गते, सोमवार
युवामञ्चमा प्रकाशित (२०७३ साल पुसको अंकमा, वर्ष २९ अङ्क ७)

Comments

Popular posts from this blog

पुनमाया भाउजु र भाउजुको आठ तल्ले घर (कथा)

पुनमाया भाउजु र भाउजुको आठ तल्ले घर (कथा) – हरिकृष्ण डंगोल । पुनमाया भाउजुको घर पुगेपछि मैले एकपटक उसको घरमा दृष्टि पु¥याएँ । आठ तल्ले यो घर हेर्न करिव करिब मैले टाउको उठाउनु प¥यो, घाँटी तन्काउनु प¥यो । मैले टाउको उठाएर हेरें । घाँटी तन्काएर हेरें । यो घर करिब पचहत्तर फुट अग्लो छ । आकाश माथि उठिरहेको यो घर हेर्दै मैले कलबेल थिचें । कसैले हेरेन । फेरि कलबेल थिचें । धेरै बेरपछि सात तल्लाको झ्यालमा पुनमाया भाउजु देखा परी । मैले ‘ढोका खोल्नु आउनुस्’ भनें । उसले हात हल्लाएर ल्याई । के भनेको हो मैले बुझिन । मैले फेरि हातको इशाराले ‘ढोका खोल्न आउनुस्’ भनें । ऊ भित्र पसी । ढोका खोल्न आउँदैछ भन्ने ठानेर म ढोकामा भाउजुलाई पर्खेर उभिरहें । धेरैबेरसम्म कसैले पनि ढोका खोल्न आएन । सुनेको थिएँ, भाउजुलाई अचेल सञ्चो छैन । खुटृा दुख्छ । त्यति हिंड्डुल गर्न सक्नु हुन्न । यसैले म पुनः ढोकामा आँखा गाडेर ढोका खुल्ने प्रतिक्षामा बसिरहें । तर धेरैबेर सम्म कसैले झ्याल खोल्न नआएपछि मैले फेरि घर माथि हेरें । भाउजु झ्यालमै बसिराखेकी रहिछ । मैले फेरि ढोका खोल्न आउनुस् भन्ने भावले इशारा गरें । उसले पनि झ्यालमै

आशामरु

टेबुल घडीकोे घण्टीले चार पाँच पटक आवाज दिएपछि बल्ल आशामरुको जिउमा केही हलचल देखा प¥यो । अधकल्चो निद्रामा नै उसले आफ्ना हात, खुटृाहरु तन्काउँदै सिधा पारे र पाँच, छ मिनेटसम्म उसले आफूलाई शवासनको मुद्रामा राख्यो । केहीबेर प्रतिक्रियाविहीन भएर साक्षी भावमा उसले आफ्नो श्वास प्रश्वासलाई हेरिरह्यो । पाँच, छ मिनेट आनापानी गरिसके पछि ऊ विस्तारै विछ्यौनाबाट उठ्यो । ओछ्यानबाट बाहिर आएपछि उसले एकपटक खाली बिछ्यौनामा हे¥यो र केहीक्षणको हेराइपछि ऊ बिहानको नित्यकर्मतिर लाग्यो । नित्यकर्म सकिएपछि उसले मौसम अनुसार लुगा लगायो र झ्याल, ढोका सबै बन्द गर्दै ऊ तल ओर्लियो । आशामरुले घरकोे संघारमा पाइला टेक्दा बिहानको साँढे पाँच बजेको थियो । यो कुरा ऊ घडी नहेरिकन नै भन्न सक्थ्यो । यो कुरामा उसलाई पुरापुर विश्वास छ । तर पनि एकपटक नाडी घडीमा आँखा नपु¥याई उ बस्न सकेन । उसले नाडी घडीमा आँखा पु¥यायो । घडीमा घण्टाको सुइ पाँचमा र मिनेटको सुइ छबाट अलिकति माथि पुगिसकेको थियो । आ.....! ब्याट्रीले चल्ने घडी न हो ! अलि अलि त फरक भइहाल्छ नि ! आफुलाई सान्त्वना दिन खोज्दै उसले मनमनै भन्यो  । चालीस वर्ष अघिसम्म पनि आशा