‘आई पुग्यौ ?’ ठूलो बाको स्वरले म झसङ्ग हुन्छु । कसैलाई खोजिरहेको मेरो आँखाले सामुन्ने उभिरहेको ठूलो बालाई यादै गरेनछ । सायद यसैले पनि ठूलो बाको अप्रत्याशित स्वरले म झसङ्ग भएको हुन सक्छु । मैले ठूलो बालाई हेरें र ‘अं ...’ मात्र भनें । ठूलो बा केही रिसाएको भावमा बोल्यो – ‘बिहान देखि आऊ भनेको त ... ।’ यति भनेर ठूलो बा आफ्नो बाटो लाग्यो । ठूलो बा परिवारको सबैभन्दा थकाली । अलिअलि पढेको छ । अलिअलि राजनीतिज्ञ । अलिअलि नेता । र अलिअलि कानूनची पनि । यसरी हेर्दा मेरो ठूलो बा हाम्रो परिवारमा अलि जान्नेबुझ्ने मान्छे हो । साथै ठूलो बाले स्थानीय नेतादेखि अडृाअदालतका कर्मचारीहरुसमेत चिन्छन् । सायद यसैले हुन सक्छ, परिवार, आफन्त, छरछिमेकी तथा टोलका मानिसलाई घर–खेत, अंशबण्डा सम्बन्धी केही झरझमेला वा मुद्दा मामला सम्बन्धी केही प¥यो भने सबैले मेरो ठूलो बालाई सम्झम्छन् । ठूलो बाकोमा आउँछन् । सरसाहुती माग्छन् । सहयोगको अपील गर्छन् । र ठूलो बाले झरझगडा, मुद्दामामला मिलाइदिन्छ । घर परिवारको मामला प्रायः ठूलो बाले भने झैं हुन्छ । ठूलो बाले चाहे झैं भएन भने ठूला बा रिसाउंछ । ठूलो बालाई रिसाउन दिने हिम्मत